About Us

पूर्वाचल बिकास क्षेत्रको दक्षिणमा अवस्थित सिरहा जिल्लाको पूर्वमा सप्तरी पश्चिममा धनुषा ,उतरमा उदयपुर र दक्षिणमा बिहार राज्य पर्दछ । यस जिल्लालाई प्र्राकृतिक सिमानाले छुटाइएको छ । जसको पूर्वमा बलान नदी पश्चिममा कमला नदी उतरमा चुरे पर्वत र दक्षिणमा भारत रहेको छ । सिरहा जिल्ला समुद्र तहबाट ६९ मिटर देखी ८५ मिटरको उच्चाईमा रहेको छ । यसको पूर्व पश्चिम लम्वाई सालाखालदा ३८.८ कि.मी. र उतर–दक्षिणमा २८.८ कि.मी. छ र जिल्लाका मुख्य नदीहरु ब्लान,कमला,गागन,मैनाबती र खुटी र मुतनी हुन र सवै जसो प्राय ः उतर दषिण तिर बग्दछन् । मुख्य कृषि उत्पादनमा धान,गेहु,मकै,आँप,केरा,लिची,तरकारी तथा खसी वाख्राको हाट बजारले अंचलमा नै प्रसिद्धको छ ।

 
सिरहा जिल्लाको सहलेश मन्दिर, पूmलवारी धाम, नन्दबाबाको मन्दिर, उत्तरायणी, पतारी पोखरी, कमल दह, राजदेवी मन्दिर, चौधरी आँखा अस्पताल सिरहा जिल्लाका प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरु हुन् । सहलेशले निर्माण गरेको सहलेश राज्यको राजधानी सिरहाको सहलेश मन्दिर, सन्तान नहुनेले स्नान गरेमा सन्तान लाभ हुने जनविश्वास रहेको पतारी पोखरी, महेन्द्र राजमार्गबाट ५०० मी. दक्षिणमा जैविक विविधताले भरीपूर्ण, पिकनिकको लागि आकर्षक प्राकृतिक अवस्थामा रहेको पूmलवारीधाम ऐतिहासिक हुनुको साथै यहाँ रहेको हारम जातिको रुखमा प्रत्येक वर्ष वैशाख १ गते मात्र पूmल फुल्ने हुनाले यस पूmलवारीधामलाई थप रहस्यमय तथा आकर्षक बनाइदिएको छ र सोही दिन लाखौ स्वदेशी तथा विदेशी श्रद्धालु भक्तजनहरु उक्त रुखको दर्शन गर्न तथा पूजाआजा गर्न पूmलवारीधाममा दर्शन गर्न आउँछन् । यसै गरी मारवाडी संस्कृति, थारु संस्कृति, गुरुङ्ग संस्कृति, मुस्लिम संस्कृति, दलित जातिको संस्कृति, तामाङ्ग संस्कृति, मगर संस्कृति, दनुवार संस्कृति, शेर्पा संस्कृति, राई संस्कृति, लिम्वु संस्कृति, मधेशी समुदायको संस्कृति लगायत अन्य थुप्रै जातजातीको संस्कृतिको संगमले सगरमाथा अञ्चललाई अत्यन्तै मनमोहक बनाएको छ ।


यस संघको संस्थापक अध्यक्ष स्व.श्री परमेश्वर मुरारका ले लहान उधोग वाणिज्य संघको बि.स.२०२७ सालमा स्थापना गरी लहान बजारका सम्पूर्ण व्यापारीहरुलाई एकै ठाउँमा ल्याई कुशलता पूर्वक नेतृत्व गरी व्यापारीहरुको हक हित संरक्षण एवम सम्द्र्धन गर्दे अगाडी बढनु भएको थियो । वहाँ मुरारका अर्गनाइजेशनको अध्यक्ष समेत रही सक्नु भएको छ र गोरखा दषिण वाहुबाट समेत सम्मानित हुनु भएको छ । संघको रोल क्रमानुसार बि.स.२०२७ देखी २०५५ सम्म अध्यक्ष श्री परमेश्वर मुरारका । दोश्रो अध्यक्षको रुपमा बि.स.२०५५ देखी २०६० सम्म श्री पवन कुमार मुन्धडा । तेश्रो अधयक्षको रुपमा बि.स.२०६० देखी २०६५ सम्म श्री निरस चौधरी । चौथो अध्यक्षको रुपमा बि.स.२०६५ देखी २०६८ सम्म श्री अशोक अग्रवाल । पाचौ अध्यक्षको रुपमा बि.स. २०६८ देखी २०७५ सम्म श्री सुनिल कुमार महतो । छैठौ अध्यक्षको रुपमा २०७५ साल आश्विन १२ गते देखी आफनो कार्य भार सम्हाल्दै अध्यक्षको रुपमा श्री अशोक लाल अमात्य ले संघ प्रतिको जिम्मेबारी लिई प्रभावकारी रुपमा संघलाई अगाडी बढाउदै लैजानु भएको छ । 

संघको बिकास संग संगै तत्कालिन अध्यक्ष श्री सुनल कुमार महतोको अध्यक्षता लहान उधोग वाणिज्य संघलाई जिल्ला प्रशसान कार्यालय सिरहाको मिति २०७२।०४।२२ गते को निर्णयानुसार लहान उधोग वाणिज्य संघलाई संशोधन गरी जिल्ला उधोग वाणिज्य संघ, जिल्ला कार्यसमिति सिरहा लहान कायम गरी बिधानका केही बूदाहरु पनि संशोधन गरिएको हो । बिभिन्न संघ संस्थाहरु तथा नगरपालिका संग व्यवसायीक कर र बिबिध बिषयहरुमा समय समयमा छलफल गर्दे आईरहेको छ । संघको नेतृत्वमा कर शिक्षा ,कम्प्यूटर बिलिग सम्वन्धी प्रीशक्षण ,गुणस्तर तथा नापतोल क्षेत्रिय कार्यालय बिराटनरबाट खटी आएका कर्मचारीहरुले लिटर,मिटर,ढक,तराजु आदी गुणस्तरका जाँच समेत गराई व्यवसायीहरुले सोबाट लाभान्ववित भएको थियो । संघले भि.टी.एस.सम्वन्धी परामर्श तथा छलफल गरी व्यवसायीहरुलाई जानकारी गराईको थियो । संधले शाखाको रुपमा व्याापार समितिहरु गेलबजार उधोग व्यापार समिति ,सुखिपुर व्यापार समिति, धनगढी व्यापार समिति,ठाडी व्यापार समिति समेत खडा गरी सकेको छ । प्रदेशिय स्तरको प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, सामाजिक, आर्थिक तथा व्यावसायिक हिसावले पनि ख्याति प्राप्त सिरहा जिल्लाको लहानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउनुका साथै स्थानिय स्तरमा उत्पादित बस्तु तथा सेवाहरुलाई प्रवद्र्धन गर्नको निम्ति २०६७ सालमा पहिलो सगरमाथा महोत्सवको आयोजना गरिएको थियो । तत्पश्चात २०७० सालमा दोश्रो सगरमाथा महोत्सवको आयोजना गरी लहानलाई झन उच्चमा पु–याउन सफल भएको हो । लहानलाई व्यवसायीक श्यलभ बनाउनको लागी मिति २०७१ सालमा तेश्रो सगरमाथा महोत्सवको आयोजना गरी जन समुदायमा खुशीको लहर नै ल्याई दियो । लहान नगरपालिका द्धारा ट्रेड स्कूल संचालन गर्नको निम्ति वाडा नं.–९ मा ०–७–१० धुर जग्गा उपलव्ध गराईएको छ ,र सो जग्गामा १६ वटा पिलर समेत खडा गरी निर्माणधिन अवस्थामा रहेको छ ।

 

संस्तागत सम्पतीको बिबरण


जिल्ला सिरहा लहान नगरपालिका वाडा नं.–७ स्थित आफनै भवनमा सचिवालय संचालनमा रहेको छ । संघको ०–२–१० धुर जग्गामा  भुई तल्ले भवनमा चार कोठा र एक सभा हल रहेको छ । भौतिक सम्पतिहरु टेबल,कुर्सि,दराज,सोफा सेट,कम्प्यूटर, फाक्स,प्रिन्टर,फोटोकपी ,सि.सि.टि.भी.क्यामरा जडान रहेको छ ।

 

उधोग वाणिज्य संघका गतिविधि/सेवाहरु


जिल्ला उधोग वाणिज्य संघले व्यवसायिक सेवा तथा समाजिक गगतिविधी को साथै दैबिक प्रकोपमा परेकालाई सहयोगमा अग्रनि भुमीका खेल्दै आईरहेको छ । संघले आगलागी,भुकम्प पिडित,सितलहर,बाढीमा परेकालाई निरन्तर सहयोग गर्दे आईरहेको छ । यस वाहेक निम्न सेवाहरु प्रदान गर्दै आईरहेको छ:
(१) फर्म रजिष्ट्रेशन 
(२) पान,भ्याट दर्ता सम्वनधी सेवाहरु 
(३) कर दाखिला एव कर सम्वन्धी सेवाहरु 
(४) बैक  र व्यवसायी बिच मध्यकर्ता रोल प्ले गर्ने । 
(५) बिभिन्न संघ ,संस्थाहरुसंग सम्वन्वय गरी लहान नगरको बिकासमा सहयोग गर्ने गरेको । 
(६) व्यवसायीहरुलाई आईपरेका समस्याहरु समाधानका निम्ति पहल गर्ने गरेको ।
(७) नेपाल सरकार द्धारा समय समयमा व्यवसाय कर सम्वन्धी निति नियमहरु वारे उधोगी व्यवसायहरुलाई जानकारी दिन गरेको ।
(८) उधोगी व्यवसायीहरुलाई समय समयमा तालिम गोष्टी दिने गरेको ।

 

कर्यसमितिको विवरण

क्र श:

 पद

             नाम

  सम्पर्क नं.

अध्यक्ष

श्री अशोक लाल अमात्य

९८५२८३०२४३

२.

नि.व.अध्यक्ष

श्री सुनिल कुमार महतो

९८५२८३२०८२

३.

प्रथम उपाध्यक्ष

श्री दिपक नायक

९८५२८३२५२८

४.

द्धितिय उपाध्यक्ष

श्री परमेश्वर साह

९८५२८३२३२९

५.

महासचिब

श्री अव्दुल करिम

९८५२८३१७८६

६.

सचिब

श्री सरोज कुमार महता

९८४२८२७८०८

७.

कोषाध्यष

श्री बिकाश शारडा

९८०१५३०९०९

 का.स.स.

श्री प्रदिप कुमार गुप्ता

९८५२८३२६५७

९.

  ,,

श्री नागेश्वर चौधरी

९८४२८८०९३४

१०.

  ,,

श्री राम उद्गार महतो

९८५२८३२९९४

११.

  ,,

श्री राम भजन पंजियार

९८४२८६९९९९

१२.

  ,,

श्री चन्देश्वर यादब

९८१४७१६३६८

१३.

  ,,

श्री रबिन्द्र प्रसाद चौधरी

९८४२८२४५८५

१४.

  ,,

श्री रंजित चिरानीया

९८५२८३००१७

१५.

  ,,

श्री रिता यादब

९८०५९६५१८३